१६ कार्तिक २०८१, शुक्रबार । November 1, 2024

समाचार

लमजुङको सुन्दर बजारमा पनि वम विस्फोट



मंसिर १४, लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका– २ को महेन्द्र मन्दिर मावि मतदान केन्द्र नजिकै मतदान चलिरहेको बेला शक्तिशालि टाइम वम विष्फोट भएको छ । मतदातालाई तर्साउने हिसावले वम विष्फोट गरिएको आंशका गरिएको छ ।

मदतान केन्द्रको दुई सय मिटर नजिकैको कुमाल गाउँसँगै रहेको बुट्यानमा रहेको खरीको बोटमा टाइम बम बिस्फोट भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारले बताए । उनका अनुसार बम विष्फोट भए पनि कुनै पनि मानवीय क्षति भएको छैन । उक्त बम बिहान ९ बजेर ५५ मिनेट जादा बिस्फोट भएको लमजुङका प्रहरी नायव उपरीक्षक रबिन्द्रमान गुरुङले बताए ।

जिल्ला तथा मतदान क्षेत्रमा सुरक्षा स्थिति चुस्त बनाई क्षति हुन नदिन नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी थप परिचालन गरिएको लमजुङका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले बताए ।

सुन्दरबजार नगरपालिका–२ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन भइरहेको छ । यहाँ दुई मतदान स्थलमा तीन वटा मतदान केन्द्रमा मतदान जारी छ, बम आतंकले मतदातामा कुनै प्रभाव नपरेको र उहाँहरू उत्साहका साथ लाइनमा बसेर मतदान गरिरहनु भएको जिल्ला निर्वाचन अधिकारी सिर्जना मिश्रले जानकारी दिइन् । उनका अनुसार १.४५ बजेसम्ममा एक हजार दुई सय एक जनाले मतदान गरी सकेका छन् । सो वडाको कुल मतदाता संख्या कुल २ हजार २ सय ९७ रहेको छ ।

प्रकाशित : १४ मंसिर २०७६, शनिबार ००:००