२३ माघ २०८१, बुधबार । February 6, 2025

मुख्य खबर

पोखरामा पुन वम विस्फोट



मंसिर१४, काठमाडौं । कास्की क्षेत्र नं. २ को अर्को मदतानस्थलमा पुन बम विस्फोट भएको छ । पोखरा महानगरपालिका–१६ को दीप चण्डिका मतदानस्थल नजिकै दिउँसो बम विस्फोट भएको हो । विस्फोट भए पनि कुनै मानवीय क्षति नभएको बताइएको छ ।
पोखरा–३३ भरतपोखरीस्थित शान्ति उदय मावि, नयाँबजारको नवप्रभात र पोखरा–१६ कै शान्ति माविको मतदान स्थल नजिक बम विस्फोट भएको हो ।
यसअघि पोखराका ३ मतदान स्थलमा बम विस्फोट भएको थियो । तर, क्षति भने नभएको सुरक्षा अधिकारीहरुले बताएका छन् ।
उपचुनावको तयारी सुरू भएयता पोखरामा अज्ञान समूहले निरन्तर बम विस्फोट गराइरहेको छ । यसअघि उम्मेदवारी दर्ताको दिन निर्वाचन कार्यालय नजिक, नेकपाको चुनावी सभा नजिकै र एक वडाध्यक्षको घरमा पनि वम विस्फोट भएको थियो ।

प्रकाशित : १४ मंसिर २०७६, शनिबार ००:००