१४ कार्तिक २०८१, बुधबार । October 31, 2024

मुख्य खबर

पुर्वाधार निर्माणले गति लिन्छ : मन्त्री नेम्वाङ



भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले पूर्वाधार निर्माणमा छिटो भन्दा छिटो उल्लेख्य प्रगति आवश्यक रहेको र अब यसले गति लिने बताएका छन् । विकास निर्माणलाई योजनावद्ध रुपमा अघि बढाइने र यसका लागि मन्त्रालयले योजनावद्ध रुपमा विकासका काम अघि बढाउने वताएका हुन् ।

मन्त्री नियुक्त भएपछि पहिलो पटक गृहजिल्ला पाँचथर पुगेका मन्त्री नेम्वाङले कार्यकर्तासँगको भेटघाटका क्रममा मुलुकको विकास पूर्वाधारको निर्माणको कामले गति पाउने बताएका हुन् ।

भौतिक पुर्वाधार निर्माण र सुधारका कामहरुमा सानादेखि ठूलासम्म योजनाहरु अघि बढाउनुपर्ने दायित्व आफ्नो मन्त्रालयमा रहेको उल्लेख गर्दै मन्त्री नेम्वाङले उक्त दायित्वअन्तर्गत नागरिक स्तरका आवश्यकता प्राथमिकतामा राखेर काम अघि बढाइने काम आफ्नो पहिलो प्राथमिकता रहेका बताए । आम नागरिकमा विकासको गति तीब्र हुने अपेक्षा रहेको आफूले महशुस गरेको वताउँदै मन्त्री नेम्वाङले भने “नागरिक, मतदाता र पार्टीको एजेण्डा र दिशा निर्देशअनुशार मन्त्रालयको काम आफूमार्फत अघि बढाउनेछु।”

सरकारले लिएको सुखी नेपाली र समृद्ध नेपाल निर्माणको अभिभारा पूरा गर्न धेरै चुनौति र अप्ठ्याराहरु रहेको वताउँदै मन्त्री नेम्वाङले यस कार्यमा सबै नागरिकको सहयोग आवश्यक रहेको बताएका छन् ।

प्रकाशित : १३ मंसिर २०७६, शुक्रबार ००:००