१८ माघ २०८१, शुक्रबार । January 31, 2025

समाचार

शिद्धबाबामाथि पक्राउपुर्जी जारी



मंसिर १३, सुनसरी । सिद्धबाबाको रुपले प्रशिद्ध कृष्णदास गिरीलाई बलात्कार आरोप लागेको छ । उनलाई बलात्कार अभियोगमा प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला अदातल सुनसरीले शुक्रबार गिरीलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएपछि गिरीमाथि पक्राउ पुर्जी जरी भएको हो।

‘अदालतले अनुमति दिइसकेको छ,’ अदालतका तहसिलदार ईश्वर भण्डारीले भने। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले गिरीलाई पक्राउ गर्ने तयारी भइरहेको जानकारी दिएका छन्। पक्राउ पछी अनुसन्धान थालिने प्रहरीले जनाएको छ ।

गिरीले आश्रममा भेट्न बोलाएर बलात्कार गरेको एक अनुयायीले आरोप लगाएकी छन्। गिरीविरूद्ध जबरजस्ती करणीको मुद्दा बिहीबार जिल्ला अदालत सुनसरीमा दर्ता भएको थियो।

प्रकाशित : १३ मंसिर २०७६, शुक्रबार ००:००