१४ कार्तिक २०८१, बुधबार । October 31, 2024

Uncategorized

राष्ट्रपति भण्डारीद्वारा जानकी मन्दिरमा पूजा अर्चना



मंसिर १३, जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारीले जनकपुरधाममा भइरहेको रामजानकी विवाहपञ्चमी महोत्सवको अवसरमा जानकी मन्दिरमा पुगेर दर्शन र पूजाअर्चना गरेकी छन् । अपरान्ह १२ बजे नेपाली सेनाको हेलिकप्टरबाट जनकपुरधाम आएकी उनले शुक्रवार जानकी मन्दिरको पूजा गरेकीहुन् ।

राष्ट्रपति भण्डारीले मन्दिरको परिक्रमा पछि पूर्जा अर्चना गरेकी थिइन् । ४५ मिनेट मन्दिर परिसरमा रहेकी राष्ट्रपति भण्डारी साधुसन्तहरुसंग समेत भेट गरिन् । राष्ट्रपति भण्डारीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री योगेश भट्टराई, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याल पनि सहभागी छन् ।

राष्ट्रपति भण्डरीले भारत उत्तर प्रदेशको अयोध्याबाट आएका साधुशन्तको जन्तीलाई स्वागत तथा साम्बोधन गर्न एेतिहासिक रंगभूमि मैदान बाह्रविघा पुग्ने कार्यक्रम रहेको छ । धार्मिक एवं सांकृतिक पर्वको रुपमा रहेको रामजानकी विवाहपञ्चमी महोत्सवमा सहभागि हुन प्रत्येक ५ वर्षमा एकपटक अयोध्याबाट शाधुसन्त सहभागि रहेको रामको जन्ती जनकपुर आउने गर्दछन् । मंसिर १५ गते अर्थात आइतबार हुने विवाहपञ्चमी महोत्सवमा सहभागि हुन यस वर्ष पनि अयोध्याबाट सयौंको संख्यामा साधुशन्तको जन्ती बिहीबार जनकपुर आइपुगेका छन् ।

प्रकाशित : १३ मंसिर २०७६, शुक्रबार ००:००