१६ कार्तिक २०८१, शुक्रबार । November 1, 2024

समाचार

भ्रमण छोट्याएर फर्किए परराष्ट्र मन्त्री ज्ञवाली



मंसिर१३, काठमाडौं । विदेश भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भ्रमण छोट्याएर स्वदेश फर्किएका छन् । आइतवारसम्मको भ्रमणलाई छोट्याएर उनी शुक्रबार बिहान करिब १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा गरिएको पत्रकार सम्मेलनमा उनले आफू भ्रमण छोट्याएर स्वदेश फर्किएको जानकारी दिए । उनले भने, ‘भ्रमण पर्सिसम्म तय थियो, आज सर्भियाका राष्ट्रपतिलाई भेट्ने कार्यक्रम थियो, देशभित्रको विकसित परिस्थितिले भ्रमण छोट्याएर आइयो ।’ उनले परिस्थितिबारे भने स्पष्ट खुलाएनन् ।

रुसी महासंघ र गणतन्त्र सर्भियाको औपचारिक भ्रमणका निम्ति गत शनिबार अपराह्न उनी रुसको राजधानी मस्को प्रस्थान गरेका थिए । ११ गतेसम्म रुसको तथा १२ र १३ गते सर्भियाको भ्रमण गर्ने तालिका उनको थियो ।

रुस भ्रमणको क्रममा आफूले राष्ट्रपति पुटिन र प्रधानमन्त्री दिमित्री मेतभेदेवलाई नेपाल भ्रमण गर्न निम्तो दिएको जानकारी मन्त्री ज्ञवालीका थिए । यसैगरी रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभलाई पर्यटन वर्ष २०२० को अवसरमा नेपालमा आयोजना हुने सगरमाथा सम्वादमा आउन निम्तो दिइएको जानकारी उनले दिए । नेपाल भ्रमणको निम्तोबारे रुसी पक्षबाट औपचारिक जवाफ नआएको उनले बताए ।

भेटका क्रममा उनले सांघाई कोअपरेसन फोरमको पूर्ण सदस्यताका लागि नेपाललाई सहयोग गर्न पनि रुसलाई आग्रह गरेको मन्त्री ज्ञवालीले जानकारी दिए ।

प्रकाशित : १३ मंसिर २०७६, शुक्रबार ००:००