१८ माघ २०८१, शुक्रबार । January 31, 2025

अर्थ

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलवाट ठूलो परिमाणमा सुन वरामद



मंसिर १३, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गए रताी ठूलो मरिमाणमा सुन बरामद गरिएको छ । बिमानस्थल भन्सार कार्यालयले गए राती ८ किलो सुनसहित दुई जना चिनिया नागरिकलाई पक्राउ गरेको हो ।

नियमित जाँचका क्रममा उनीहरु समातिएको भन्सार कार्यालयका एक अधिकृतले जानकारी दिए । पक्राउ पर्नेमा इएच ६५९६६३७ नम्बरको राहदानी बाहक चेन होङयाङ र इए ५८०७५९८ नम्बर राहदानीका चेन क्वीनहाङ छन् । विमानस्थल प्रहरीका प्रमुख डीआईजी सूर्य उपाध्यायका अनुसार उनीहरु हङकङबाट नेपाल एयरलाइन्सको विमानमा काठमाडौं आएका थिए ।

पक्राउ परेका व्यक्ति नै सुनको मालिक हुन् वा अन्य कसैका लागि ल्याउँदै थिए भन्ने खुलिसकेको छैन ।

ठूलो परिमाणमा सुन तस्करी गर्ने चुडामणि उप्रेती गोरे समूहको गिरफ्तारीसँगै विमानस्थलमा तस्करको र्‍याकेट ध्वस्त भएको सरकारले दाबी गरेको थियो । तर, अझै समयसमयमा सुन बरामद हुँदै आएको छ ।

प्रकाशित : १३ मंसिर २०७६, शुक्रबार ००:००