१६ कार्तिक २०८१, शुक्रबार । November 2, 2024

समाचार

मुस्लिम धर्म गुरुको अन्तिम संस्कार



मंसीर १२, जनकपुरधाम । नेपाली मुस्लिम धमावलम्विहरुका चर्चित धर्मगुरु मौलना, मुफ्ती, कारी जैश मोहम्मदको बिहीवार अन्तिम संस्कार गरिएको छ । उनको अन्तिम संस्कारमा एकलाख भन्दा बढीको सहभागिता रहेका छन् । देशका विभिन्न स्थानवाट मुस्लिम धर्मावलम्विहरको ठूलो उपस्थिती रहेको छ ।

उनको अन्तिम संस्कारमा नेपाली काँग्रेसका उपसभापति एवं पूर्व गृहमन्त्री बिमलेन्द्र निधि हेलिकप्टर नै चाटर गरी अन्तिम संस्कारमा सहभागी भएका थिए । त्यसैगरी विभिन्न पार्टीका नेताहरुपनि सहभागि भएका छन् ।

जनकपुरधाम उपहानगरपालिका २५ लोहना वभनगामाका ८५ वर्षीय धर्मगुरुको सोमबार राति निधन भएको थियो । मुफ्ती सउदी अरबबाट नेपाल फर्किने क्रममा बिरामी परेका थिए । मृगौला सम्बन्धी रोगदेखिएपछि उनलाई उपचारको लागि मुम्बईको एक अस्पतालमा लगिएको थियो ।

स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि उनलाई एम्बुलेन्समार्फत नेपाल ल्याउने क्रममा उनको भारतको लखनउमा निधन भएको थिया । उनी नेपालमा मात्र नभई भारत, बंगलादेश, मिस्रसहितको थुप्रे देशहरुमा प्रसिद्ध थिए ।

प्रकाशित : १२ मंसिर २०७६, बिहिबार ००:००