१८ माघ २०८१, शुक्रबार । January 31, 2025

समाचार

देशलाई भ्रष्टाचारमुक्त बनाउन उच्च तहका नेता र उच्च ओहदाका कर्मचारलिाई छानविनको दायरामा ल्याउनु पर्छ : डा. भट्टराई



मंसीर १२, तुलसीपुर । देशलाई भ्रष्टाचारमुक्त बनाउनको लागि उच्च ओहोदाको कर्मचारी र उच्च तहका नेताहरुलाई छनविनको दायरामा ल्याई कार्वाही गर्न नसके अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने समाजवादी पार्टीका संघीय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले दावी गरेका छन् ।

रिपोर्टस क्लव दाङले तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष भट्टराईले दलको भागबन्डामा बनेको आयोग अत्यन्तै कम्जोर प्रकृतिको भएको भन्दै यसले साना माछालाई समातेपनि ठूला माछालाई समात्न नसक्ने दाबी गरे । ‘जनता प्रति पूर्ण उतरदायी हुनेगरी सर्वशक्तिमान लोकपालको व्यवस्था गर्नुपछ,’ पूर्व प्रधानमन्त्री भट्टराईले भने, ‘त्यसले उच्च पदस्थ कर्मचारीदेखि हाई प्रोफाइलको नेताहरु लगायत प्रधामन्त्री लगायत सबैले गर्ने भ्रष्ट्राचारको छानबिन गरेर भ्रष्ट्रचार रोक्न सकोस ।’

देश गरिबी र बेरोजगारको दुषचक्रमा रहेको बताउदै भट्टराईले दुई तिहाइ बहुमतको सरकारले देखिनेगरी काम गर्न नसकेको बताए । देशमा रोजगारी र सुखी नेपाली र समृद्ध नेपालको नारा बाहेक देखिनेगरी अर्थतन्त्रको पाटोमा कुनै परिवर्तन ल्याउन नसकेको सरकारले ठोस योजनाका साथ अघि बढ्न सरकारलाई आग्रह गरे । ‘दुई तिहाई प्राप्त बहुमतको सरकारले देखिने गरी नत रोजगार सीर्जना गर्न सक्यो , नत लगाीन पर्वद्धन गरेर ठूलठूला उद्योगधन्दा खोल्न सक्यो नत देखिने गरी आर्थिक परिर्वन गर्न सक्यो,’ अध्यक्ष भट्राईले भने, ‘निर्माण र व्यापारका केहि क्षेत्रमा ६÷७ प्रतिशत आर्थिक वृद्धिदरका आधारमा त्यो दिगो विकास हुदैन ।’

आफनो पार्टी नयाँ बैकल्पिक शक्तिका रुपमा उदयमान हुँदै गरेको बताउँदै समुन्नत संघीय समाजवादसंग बिचार मिल्ने पार्टी र समूहसंग एकता गरेर वृहत ध्रुवीकरण गर्ने बताए ।

प्रकाशित : १२ मंसिर २०७६, बिहिबार ००:००