![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/09/kp-sharma-1024x606.gif?resize=720%2C426)
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको उपचारमा संग्लन चिकित्सकहरुले जनाएको छ । भर्खरै एक पे्रस नोट जारी गर्दै प्रधानमन्त्रीको ओलीका स्वास्थ्यमा विस्तारै सुधार हुँदै गएको जानकारी दिएको छ । । मंगलबार एपेन्डिसाइटिसको अपरेसन गरेका ओली ‘त्रिविस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर ट्रान्सपालान्ट सेन्टर, महाराजगञ्जमा उपचाररत छन् ।
![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/11/72412242_1409225509251685_91110541409386496_n_c034nMTuzg.jpg?resize=720%2C751)
मनमोहन कार्डियोथोरासिक भास्कुलर ट्रान्सपालान्ट सेन्टरका कार्यकारी निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठले बिहीबार विज्ञप्ति जारी गर्दै प्रमको सवास्थ्यमा उल्लेखनीय सुधार भइरहेको जनाएका हुन् । उनलाई सघन उपचारको सम्पूर्ण व्यवस्थासहित चिकित्सकको निरन्तर निगरानीमा राखिएको अस्पतालले जनाएको छ ।
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केही समययता समस्या देखिँदै आएको छ । मिर्गौलामा समस्या देखिएका कारण कात्तिक १३, यता ओलीको पटक–पटक डायलासिस भैसकेको छ । प्रधानमन्त्री ओलीको फेरि मिर्गौला प्रत्यार्पण गर्ने तयारी )समेत भइरहेको छ ।
प्रतिक्रिया