काठमाडौं / निर्मला पन्तको बलत्कारपछिको हत्या प्रकरणलाई लिएर एकाकए चर्चामा आएका पत्रकार खेम भण्डारीविरुद्ध फेरि अर्को मुद्दा दर्ता भएको छ।
बुधवार दिउँसो कञ्चनपुर जिल्ला अदालतमा निर्मला प्रकरणमा जोडिएका भीमदत्त नगरपालिकाका मेयरका भतिज आयुष विष्टले उनीविरुद्ध मुद्दा दर्ता गराएका हुन् । आफूलाई बदनाम गराउने गरी समाचार लेखिएको भन्दै विष्टले गाली बेइजतीमा मुद्दा दर्ता गराएको जनाएको छ ।
गाली बेइजती भएको भन्दै आएकाले मुद्धा दर्ता गरेका अदालतका श्रेष्तेदार हरिकृष्ण अवस्थीले बताए ।
यसअघि पनि जिल्ला अदालत कञ्चनपुर र बार एसोसिएसनले विचाराधीन मुद्दालाई प्रभावित पारेको र अदालतको अवहेलना गरेको भन्दै दायर मुद्दामा पत्रकार भण्डारीलाई गत साउनमा एक घण्टा जेल र एक रुपैयाँ जरिवाना हुने आदेश सुनाएको थियो। आदेश अनुसार भण्डारीले यसै महिना एक रुपैयाँ जरिवाना र एक घण्टा जेल सजायँ भुक्तान गरि छुटेका थिए ।
प्रतिक्रिया