![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/11/66648293_2385378715065024_8835910882325168128_n.jpg?resize=720%2C480)
किरात धर्मगुरु आत्मनन्द लिङदेनको जन्मोत्सवको तयारी तीव्र गतिमा भईरहेको जनाएको छ । यहिँ मंसिर १८ मा धर्मगुरु लिङदेनको ६६औँ जन्मोत्सव भव्य रुपमा मनाउने तयारी गरिँदैछ ।
मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नुमाङगेन्ना सेवा समितिको आयोजनामा हुने कार्यक्रममा खेलकुद कार्यक्रम, गालीश्राप वहन्ती, पुस्तक विमोचन, जातीय सांस्कृतिक कार्यक्रम आयोजना गरी जन्मोत्सव भव्य रुपमा मनाइने भएको हो ।
धर्मगुरुको यहिँ जन्मोत्सवको अवसरमा बुधबारदेखि आत्मानन्द कप १२ औँ संस्करण प्रतियोगिता १६ गते साक्मुरा वदेम्मा (गालीश्राप वहन्ती), १७ गते विश्व शान्ति मानव एकताका लागि किरात हाङसाम मुजोत्लुङ माङहिममा लाधुङसेमी सेवा र आत्मानन्द कपको फाइनल खेल सञ्चालन, १८ गते धर्मगुरु लिङदेनको ६६औँ शुभजन्मोत्सव उद्घाटन, आत्मानन्द कपको विजेतालाई पुरस्कार वितरण, सावायेहाङ नोमाङगेन्ना सेवा, नाहेन लाक्मा र विविध सांस्कृतिक कार्यक्रमको सञ्चालन हुने आयोजनाले जनाएको छ ।
माङसेबुङ गाउँपालिका–२ इभाङको चुक्चिनाम्बा अगौटेबारीमा २०११ मंसिर १८ गते जन्मिएका आत्मानन्द लिङदेनले राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको अधुरो कार्यलाई पूर्णता दिने उदेश्उयका साथ धर्म गुरु आत्मानन्दले किरात समु्दायमा धार्मिक, सांस्कृतिक तथा सामाजिक रूपान्तरणमा अभियान चलाइरहेका छन् । उनलाई सत्य, शान्ति र अहिंसा ,सिद्धीप्राप्त एवं फाल्गुनन्दको अवतारको रुपमा किरात धर्मावलम्बीहरूले मान्ने गरेका छन् । उक्त कार्यक्रमको अवसरमा
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल मंसिरमा इलामको माङसेबुङ आउउने आयोजकले जनाएको छ ।
हरेक वर्ष मुलुकको उच्च ओहोदाका व्यक्तिहरूको उपस्थिति हुने जन्मोत्सवमा यस वर्ष भने पोखरेल आउने निश्चित भएको प्रचारप्रसार समिति संयोजक सुमन लावतीले बताए ।
प्रतिक्रिया