२४ माघ २०८१, बिहिबार । February 6, 2025

समाचार

गौर हत्याकाण्डलाई जोडेर मधेशलाई दबाउने मनसाय राख्नु गलत मानसिकता हो : यादव



मंसीर ११, महोत्तरी । संघीय समाजवादी पार्टीका अध्यक्ष एवं उपप्रधान तथा कानुन न्याय तथा संसदिय व्यवस्था मन्त्री उपेन्द्र यादवले आफ्नो मन्त्रालय हेरफेर भएकोमा कुनै पनि अपमान नभएको बताएका छन्।
बुधबार महोत्तरीको पिपरा गाउँपालिका पुगेर मन्त्री यादवले समाजवादी पार्टी नेपालको चुनावी सभालाई सम्बोधन गर्दै सो कुरा वताएका हुन् । यादवले गौर हत्याकाण्डबारे सोधिएको प्रश्नमा मधेशलाई दबाउने मनसाय राख्नु गलत हुने चेतावनी समेत दिए।

‘गौर हत्याकाण्डलाई जोडेर मधेशलाई दबाउने मनसाय राख्नु गलत मानसिकता हो,’ उनले भने। निर्वाचन आचारसंहिताअनुसार बहालवाला मन्त्री उपनिर्वाचन हुने क्षेत्रमा आयोजित कार्यक्रममा सहभागी हुन पाउँदैनन् । मन्त्री यादवले मंगलबार पनि भक्तपुर पुगेर भोट मागेका थिए।

प्रकाशित : ११ मंसिर २०७६, बुधबार ००:००