काठमाडौं, ११ मंसिर । विभिन स्थानबाट लागु औषद सहित प्रहरीले सात जनालाई नियन्त्रण लिएको छ ।
प्रहरीले सिराह, पर्सा, स्याङजा र महोत्तरी जिल्लाको विभिन्न स्थानबाट लागुऔषद कारोबारीहरुलाई नियन्त्रण लिउको हो ।
पक्राउ पर्नेमा सिराह जिल्ला भगवानपुर गाउँपालिका(५ बस्ने २१ वर्षीय मुकेश कुमार यादब र २५ वर्षीय संजय कुमार यादब, धनुषा जनकपुर उपमहानगरपालिका(७ बस्ने २९ वर्षीय सुनिल सिंह र बारा जितपुर सिमरा उपमहानगरपालिका(३ बस्ने १९ वर्षीय अभिशिष अधिकारी, कास्की पोखरा महानगरपालिका(२ बस्ने २७ वर्षीय अष्टमान लामा र स्याङजा पुतली वजार नगरपालिका(१ बस्ने ३० वर्षीया मिना थापा, सिरहा सखुवानकारकट्टी गाउँपालिका(५ बस्ने २० वर्षीय मोहम्मद सजिम अन्सारी रहेका छन् ।
उनीहरुको साथबाट डाईलेक्स डिसी, डाईजेल्याब, एम्पुल, प्रेमेथिन हाईड्राईड , नुर्फिन, नाईट्राभेट ट्याब्लेट लगायतका लागु औषद बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया