काठमाडौँ, १५ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका उपन्यायाधिवक्ता प्रकाश घिमिरेलाई रु २० हजार घुससहित पक्राउ गरेको छ ।
आयोगको विशेष टोलीले घिमिरेलाई आज एक सेवाग्राहीसँग घुस माग्दामाग्दै गरेको अवस्थामा पक्राउ गरेको प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा पेस भई अनुसन्धानका क्रममा रहेको मुद्दा सहज बनाइदिने भन्दै घुस मागेको अवस्थामा फेला पारेको थियो ।
उपन्यायाधिवक्ता घिमिरेलाई बिगो असुल गरी हदैसम्मको कारबाहीको माग गर्दै विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
१५ फाल्गुन २०७३, आइतबार ००:००
0
Shares
प्रतिक्रिया