१५ कार्तिक २०८१, बिहिबार । October 31, 2024

समाचार

किरात नामकरण बारे झापामा अन्तरकृया



झापा । प्रदेश नम्बर १ को नाम किरात राख्न पहल गर्ने बारे किरात राई यायोक्खाको आयोजनामा शनिवार झापाको दमकमा अन्तरर्कृया भएको छ ।

यायोक्खाको किरात प्रदेश अभियान उपसमितिको आयोजना र झापा जिल्ला समितिको ब्यबस्थापनमा अन्तरकृया भएको हो ।

अन्तरकृयामा प्रदेशको नाम बारे हिउँदे अधिबेशनमा १ नम्बर प्रदेश सभामा छलफल हुन लागेको बेला यायोक्खाले देशब्यापी प्रशिक्षण चलाउदै आएको छ ।

सोही अभियान अन्तर्गत झापा दमकको किरात भवनमा भएको कार्यक्रममा अभियानको संयोजकसमेत रहेका यायोक्खा केन्द्रीय उपाध्यक्ष तिलकप्रसाद राई, सचिव तथा केन्द्रीय प्रचार विभाग प्रमुख अर्जुन जम्नेली राई, प्रदेश नम्बर १ को संयोजक पारशमणी राई, केन्द्रीय सदस्य ईन्द्रमान राई, सुशील राई लगायतको उपस्थिति रहेको थियो ।

अन्तरकृयाको वक्ताहरुले प्रदेश १ सभामा नामकरणको छलफल शुरुहुँदा दबाव आन्दोलन थाल्नु पर्ने र त्यसको लागि पालिकाको साथै वडा वडासम्म किरात प्रदेश अभियान चलाउनु पर्ने बक्ताहरुले बताएका थिए ।

नाम किरात नराखिए निर्णायक आन्दोलनको लागि ५ लाख जनता सडकमा उतार्न यायोक्खा क्रियासिल हुनुपर्ने केन्द्रीय उपाध्यक्ष तिलकप्रसाद राईले बताए ।

सोही कार्यक्रम कार्तिक २६ गते मोरङमा भएको थियो । कार्यक्रम प्रदेशको १४ जिल्लामै आन्तरिक तयारीको लागि अभियान सन्चालन हुने यायोक्खा प्रचार विभाग प्रमुख अर्जुन जम्नेली राईले बताए ।

यायोक्खा संगठन विभाग प्रमुख भीम राईको नेतृत्वमा संघीय राजधानी काठमाडौको भक्तपुर, काठमाडौ र ललितपुरमा प्रशिक्षण सन्चालन भइसकेको छ ।

अभियानमा यायोक्खा केन्द्रिय अध्यक्ष दिवस राई, उपाध्यक्ष जीवन हाताचो राई, महासचिव जनक राई, पूर्व केन्द्रीय उपाध्यक्षहरु दुर्गा राई, चन्द्रविक्रम राई, किरात प्रज्ञ परिषदको कुलपती जय राई, प्रा।डा। तारामणि राई, भोगिराज राई लगायतले प्रशिक्षण दिदै समुदायलाई सचेत गराउदै आएका छन ।

प्रकाशित : ८ मंसिर २०७६, आइतबार ००:००