उदयपुर । बालिका बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय उदयपुरले एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार रौतामाई गाउँपालिका– ८ चुनिया पाखाको जंगलमा १६ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा स्थानीय २४ वर्षिय भरतबहादुर राना मगरलाई शुक्रवार पक्राउ गरेको हो ।
गत १ मंसिरमा एक १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडितका अभिभावकले प्रहरीमा जाहेरी दिएपछि राना मगर पक्राउ परेका हुन् । घटना सार्वजनिक भएपछि मगरलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
यस्तै बलात्कार प्रयासको आरोपमा ललितपुर प्रहरीले रोहितप्रसाद ढुंगानालाई पक्राउ गरेका छन् । जागिर लगाइदिने बहानामा फकाएर ढुंगानासम्म पुर्याइदिने दुई महिलालाई पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा निर्मला शर्मा र मिना रिमाल छन्
ललितपुर प्रहरी परिसर, जावलाखेलले उनीहरुलाई पक्राउ गरेको हो । ललितपुर प्रहरीका डीएसपी सन्तोष तामाङका अनुसार ५ मंसिरमा पीडितलाई अन्तरवार्ताका लागि बोलाएर डेरामा लग्ने बहानामा गोदावरीसम्म लगेर रिसोर्टमा बलात्कार गर्न खोजेको आरोप ढुंगानामाथि छ ।
पीडितको जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरेर विस्तृत अनुसन्धान थालिएको ललितपुर प्रहरीले जनाएको छ । रिसोर्टका कर्मचारीको सहयोगमा पीडित आफन्तसम्म पुगेको जनाइएको छ ।
प्रतिक्रिया