मंसिर ६, काठमाडौं । संसद सचिवालयकी एक कर्मचारीमाथि बलात्कारको अभियोगमा जेल पठाइएका पूर्व सभामुख कृष्ण बहादुर महरालाई थुनामा पठाउनुको कारणबारे उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको प्रतिवेदन माग गरेको छ ।
काठमाडौं जिल्ला अदालतको आदेश विरुद्ध पुर्व सभामुख कृष्ण बहादुर महराले उच्च अदालत पाटनमा निवेदन दिएपछि उच्च अदालत पाटनले जिल्ला अदालत पाटनलाई पत्र लेखेर उक्त आदेश झिाकाएको हो
जिल्ला अदालत, काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले १८ कात्तिकमा महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
घटना विवरण कागजात, जाहेरी दरखास्त, मौकामा कागज गर्नेहरुको बयान र तत्काल प्राप्त प्रमाणको आधारमा महरा कसूरदार होइन भन्न नसकिएको भन्दै उनलाई थुनामा पठाउन आदेश भएको थियो ।
त्यसयता पूर्व सभामुख महरा डिल्लीबजार कारागारमा छन् । महरा १९ असोजमा बालुवाटारस्थित सभामुखको सरकारी निवासबाटै पक्राउ परेका थिए ।
प्रतिक्रिया