![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/06/NCP-Secretarial-1024x683.jpg?resize=720%2C480)
काठमाडौं । मन्त्रीपरिषद् पुनर्गठनबारे निर्णायक छलफल गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक अहिले बालुवाटारमा जारी रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नयाँ मन्त्रीपरिषद्को आजै टुंगो लगाउने र नयाँ मन्त्रीहरुको टुंगो लागेलगत्तै आजै शपथग्रहण गराइने भएको कार्यक्रम रहेको जनाईको छ । स्रोतका अनुसार ५ जना मन्त्रीहरुहको फेरवदल हुने जनाइएको छ ।
मन्त्रीपरिषद पुनर्गठनबारे आज विहान प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच कुराकानी भएको थियो । त्यसलगत्तै दुबै जना राष्ट्रपतिलाई भेट्न शितल निवास गएका थिए ।
प्रतिक्रिया