दाङ २ मंसीर । वरिष्ठ पत्रकार तथा प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष नारायणप्रसाद शर्मा पत्नी शोकमा परेक छन् । घोराही उपहानगरपालिका–१७ बर्गदी निवासी रोहिणीदेवी शर्माको सोमबार बिहान ८५ वर्षको उमेरमा घोराही–१५ मा असामयिक निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
बिरामी शर्माको उपचारका क्रममा घरमै आज बिहान ५ बजे निधन भएको हो । उनको आजै दिउँसो १२ बजे घोराहीको कटुवाखोलास्थित शङ्खेपिपलघाटमा दाहसंस्कार गरिने छ । शर्माका चार छोरा र एक छोरी रहेका छन् ।
प्रतिक्रिया