१७ कार्तिक २०८१, शनिबार । November 2, 2024

मुख्य खबर

मन्त्रीमण्डल हेरफेर गर्ने विषयमा अन्तिम तयारी, दाहाल निवासमा वरिष्ठ नेता नेपाल सहित उच्चस्तरको भेला



फाइल फोटो

२ मंसीर काठमाडौं । नेकपाको आइतबारको सचिवालय बैठकले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई मन्त्रिपरिषद् पुनर्गठनका लागि सैद्धान्तिक सहमति दिएपछि मन्त्रीमण्डल पुनर्गठनकनको बाटो खुलेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठन गर्ने अन्तिम तयारी गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा आज विहान नेकपाका उच्चस्तरका नेताहरुबीच छलफल भएको छ ।

छलफलमा वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठको पनि उपस्थिति रहेको थियो । बैठकमा उर्जामन्त्री वर्षमान पुन र मन्त्रीबाट हटाइन लागेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठलगायतका नेताहरुको उपस्थिति रहेको स्रोतको भनाइ छ ।

सो छलफलमा नेताहरुबीच फालिने सम्भावित मन्त्रीदेखि नयाँ नियुक्त हुने मन्त्रीहरुसम्मका विषयमा चर्चा चलेको थियो । प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष दाहालसँग फालिने र नयाँ मन्त्रीका विषयमा अन्तिम निर्णय लिने भएकाले नेताहरु खुमलटार पुगेका हुन् ।

प्रधानमन्त्री ओलीले आज ६० मेगावाटको त्रिशूली थ्री ‘ए’ जलविद्युत परियोजनाको सिंहदबारबाटै उदघाटन गर्ने कार्यक्रम छ । सो कार्यक्रमपछि ओलीले दाहालसँग भेट्ने छन् ।
दाहाल निवास खुमलटार पुगेका उर्जामन्त्री पुन भने परियोजना उद्घाटन समारोहमा भाग लिन हेलिकोप्टरमा नुवाकोटको किसपाङ गाउँपालिका पुग्ने कार्यक्रम छ ।

प्रकाशित : २ मंसिर २०७६, सोमबार ००:००