![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/10/UKU-GaurRautahat-FormerMinisterAalamMyadthap-1024x873.jpg?resize=720%2C614)
३० कात्तिक, काठमाडौं । काँग्रेस नेता मुहमद अफ्ताव आलमलई जिल्ला अदालत रौतहटले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएकै दिन शुक्रबार नै रातारात काठमाडौं ल्याएको छ । उनलाई शुक्रबार मध्यरातमा ललितपुरस्थित नख्खु कारागारमा राखिएको छ ।
१२ वर्षअघि बम विस्फोटमा घाइतेहरुलाई वेहहोस बनाउने इन्जेक्सन लगाई ईंटाभट्टामा जिउँदै मानिस जलाएको आरोप लागेका आलमलाई शुक्रबार जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । अदालतको आदेशपछि उनलाई गाडीमा हालेर राति एक बजेतिर नख्खु कारागारमा ल्याइपुर्याइएको श्रोतले बतायो ।
प्रतिक्रिया