![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/11/merlin_164392140_5ef0d17f-5fb0-4992-bfd2-84364a029302-superJumbo-1024x682.jpg?resize=720%2C480)
काठमाण्डौ । अमेरिकाको क्यालिफोनियाको हाइस्कुलमा अध्ययनरत १६ वर्षीय एक विद्यार्थीले आफ्नो जन्मदिनकै दिन विद्यालयमा गोली चलाएका छन् । ती विद्यार्थीले चलाएको गोली लागेर सोही विद्यालयमा अध्ययनरत एक छात्र र एक छात्राको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । गोली लागेर मर्ने विद्यार्थीहरु उनकै साथी हुन् ।
साथीहरुमाथी गोली प्रहार गरेपछि उनले आफैलाई गोली हानेका थिए । उनको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
उनले गोली चलाउनुको कारण खुल्न नसकेको अमेरिकाको एक प्रमुख सञ्चार माध्य न्यूर्योक टाइम्सले उल्लेख गरेको छ ।
प्रतिक्रिया