२२ माघ २०८१, मंगलबार । February 4, 2025

समाचार

निजातमी कर्मचारीको उमेर हद ६० वर्ष पुर्‍याउने समितिको निर्णय



संघीय संसद अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको बसेको वैठकले सरकारी कर्मचारीको उमेरहद ६० वर्ष पुर्‍याउने निर्णय गरेको छ,यस अघि ५८ वर्ष रहेको थियो । हरेक वर्ष ६,६ महिनाले लागू गर्दै यो उमेर हदको नयाँ नियमलाई सन् २०२१ देखि पूर्णरुपमा लागू हुने जनाइएको छ । संसदीय समितिले नेपाली नागरिकको औषत आयु बढ्दै गएकाले कर्मचारीको उमेर हद पनि बढाउने निर्णय गरिएको जनाएको छ। समितिको निर्णयमा वि।सं।‌ २०१८ मा जन्म मिति भएका कर्मचारीहरु ५८ वर्ष ६ महिना उमेर पूरा भएपछि अवकाशमा जानेछन्। त्यसैगरि वि.सं।. २०१९ मा जन्म मिति भएका कर्मचारीहरुले ५९ वर्ष ६ महिना उमेर पुरा भएपछि अवकाश पाउनेछन्। त्यसपछि वि.सं. २०२१ जन्म मिति भएका कर्मचारीले ६० वर्ष उमेर पुरा भएपछि अब अवकाश पाउनेछन्। समितिले लोकसेवा आयोगले समेत दिएको सुझावका आधारमा निजामती कर्मचारीहरुको उमेर हद ६० वर्ष पुर्‍याउने निर्णय लिएको हो। आयोगले सबै समूहका कर्मचारीहरुको उमेर हद ६० नै कायम गरिनुपर्ने मत राखेको थियो। अहिले स्वास्थ्य सेवाका कर्मचारीहरुको उमेर हद ६० वर्ष छ। न्यायाधीशहरुको भने ६५ वर्ष रहेको छ। लोकसेवाले सबै सेवाक्षेत्रका कर्मचारीको उमेर हदमा एकरुपता कायम गर्न भनेको थियो। पछिल्लो समय नेपाली नागरिकको औषत आयु ७० वर्ष भन्दा माथि पुगिसकेको छ । त्यस्तै नेपाली महिलाहरुको औषत आयु ७२ वर्ष र पुरुषहरुको आयु ६९ वर्षमाथि पुगेको रिपोर्ट सार्वजनिक भएको सन्दर्भमा कर्मचारीको उमेर हद पनि ६० राख्न लागिएको हो जनाइएको छ।

प्रकाशित : २८ कार्तिक २०७६, बिहिबार ००:००