![](https://i0.wp.com/www.onlinekhabar.com/wp-content/uploads/2019/11/madhukar-and-narayan.jpg?resize=720%2C308&ssl=1)
चितवनमा प्रहरीले आधुनिक पेस्तोलसहित दुई पक्राउ गरेको छ ।
दाङ तुलसीपुर नगरपालिका–१२, धनोवरीका ३७ वर्षीय मधुकर केसी र सल्यानको रिम गाउँपालिका–५ का ३३ वर्षीय नारायण बुढाथोकीलाई बा ८५ प ८०८४ नम्बरको मोटरसाइकल सवार हुँदाहुँदै राप्ती नगरपालिका–६, हर्दीबाट प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।
नियन्त्रणमा लिइएका उनीहरूको साथबाट मेडइन यूएसए लेखिएको अटोमेटिक पेस्तोलसहित ५ राउण्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालयप्रमुख दानबहादुर मल्लले बताए ।
संकास्पद गतिविधि गरिरहेकाले चेकका लागि प्रहरी पुगेलगत्तै उनीहरू भाग्न खोजेपनि प्रयास सफल हुन सकेन ।
पक्राउ परेकाहरूलाई हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाइएको मल्लले बताएका छन् ।
प्रतिक्रिया