![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/11/NCP-Kartik-25-1024x470.jpg?resize=720%2C330)
काठमाडौं, २५ कात्तिक । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले विभिन्न केन्द्रीय निकायको नेतृत्व चयन गरेको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा अमृत बोहरा र सचिव अशोक रोकायलाई चयन गरेको छ ।
त्यस्तै केन्द्रिय निर्वाचन आयोग अध्यक्षमा विष्णुपुकार श्रेष्ठ र सचिवमा माधव पौडैल चयन भएका छन्। लेखा परीक्षण आयोग अध्यक्षमा पुष्प कँडेल र सचिवमा टेकनाथ आचार्य, केन्द्रीय सल्लाहकार कमिटी अध्यक्षमा केशव बडाल र सचिवमा नन्दकुमार थापालाई जिम्मेवारी दिइएको छ ।
जेष्ठ कम्युनिष्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाईं र सचिवमा गोविन्द ज्ञवाली रहेको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया