![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/11/fire-aa.jpeg?resize=720%2C441)
घोडाघोडी, २५ कात्तिक । कैलालीको घोडाघोडी नगरपालिका–४ सिमथरीमा सडकको छेउमा राखिरहेको काक्रेविहार यातायातको ना ४ ख ७३५० नंको बसमा अज्ञात समूहले आइतबार राति आगजनी गरेको छ ।
केही दिनअघिदेखि त्यस क्षेत्रको बाटो छेउमा पार्कि¨ गरी राखिएको सो बसमा गए राति अज्ञात समूहले आगजनी गरेको सुखडस्थित इलाका प्रहरी कार्यालयका प्रमुख हरिशरण भट्टले जानकारी दिनुभयो । दैलेखका धनराज शाहीको नाममा रहेको सो बस उनका छोराले मासिक भाडामा उठाउँदै आएको जानकारी प्राप्त भएको प्रमुख भट्टले बताउनुभयो ।
प्रतिक्रिया