१६ कार्तिक २०८१, शुक्रबार । November 1, 2024

मुख्य खबर

कानून विपरित शिक्षक नियुक्ति गरेकाले न्यायलय पुग्नु पर्यो : प्रेम रिजाल




पाँचथर । फाल्गुनन्द गाउँपालिकामा मात्रृभाषामा शिक्षक नियुक्ति गर्दा विधी र प्रक्रिया सम्मत नभएको र यस बारेमा पटक पटक प्रक्रिया पु¥याउन सचेत गर्दा समेत वास्ता नगरेको हुनाले बाध्य भएर न्यायलय पुग्नु परेको नेकपा फागुनन्द कमिटीले जनाएको छ ।
सो पार्टीका इन्चार्ज प्रेम रिजालका अनुसार शिक्षक नियुक्ति गर्दा ऐन बन्नु प¥यो ऐनको आधारमा नियामावली अनि नियामावलीको आधारमा कार्यविधी बनाएर शिक्षक नियुक्ति गर्नु पर्ने कानूनी प्रावधान छ तर गाउँपालिका ऐन नियामावली बिना अवैधानिक रुपमा प्रक्रिया अगाडी बढायो पटक पटक सचेत गराउदा समेत बल मिच्याइ गरेको हुनाले न्यायलयको ढोका ढक ढक्याउन हामी बाध्य भयौं उनले भने ।
गाउँपालिकाले शिक्षक नियुक्ति प्रक्रियाका लागि चाहिने विज्ञ व्यक्तिको छनौट गर्दा समेत कुनै प्रक्रिया नै नपु¥याई आप्mना निकटका व्यक्तिलाई राखेको बताए ।
हामी कुनै मात्रृभाषाको विरोधी होइनौँ गाउँपालिका भित्र सम्भव भए अन्य भाषाको समेत मात्रृभाषामा पढाई हुनु पर्छ भन्ने पक्षमा छौं तर त्यसका लागि चाहिने कर्मचारी शिक्षक वा विज्ञ व्यक्तिको छनौट गर्दा कानूनी प्रक्रिया अवलम्बन गर्नु पर्छ भन्ने पक्षमा छौं । तर यो मुद्धालाई साथीहरुले चुनावी नारा बनाएर अघि बढेका छन उनले भने ।
फाल्गुनन्द गाउँपालिकामा शिक्षक नियुक्तिको बिषयमा सो गाउँ पालिकाका सामाजिक विकास संयोजक नारायणप्रसाद आङदेम्बेले प्रक्रिया नपुर्याएको स्विकारे । उनले भने साथीहरुले कानुनी प्रक्रिया नपु¥याएको हो । यस भन्दा अघि ९ वटा विद्यालयमा मात्रृभाषाका शिक्षक नियुक्ति हुदा चाहि यस्तो कुरा उठाएनन अहिले मात्र किन उठाइयो हामीले संघबाट नमुना ल्याएर त्यसैको आधारमा आवश्यक प्रक्रिया तयार गरेको हौं । भाषा विज्ञ छान्ने कुरामा अलिक समन्वयको कमि भएको हो तर पनि यो विषय अदालत नै पुगिहाल्नु पर्ने थिएन ।

प्रकाशित : २४ कार्तिक २०७६, आइतबार ००:००