२४ माघ २०८१, बिहिबार । February 6, 2025

समाचार

बहुमतको मातले सहमतिको राजनीतिलाई तोड्यो : काङ्ग्रेस



प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सङ्घीयता कार्यान्वयनका क्रममा संस्थापक रहेका प्रदेश प्रमुखहरुलाई समयावधिसम्म कार्य गर्न नदिएर सरकारले गरेको बर्खास्तीले सहमतिको राजनीतिलाई थप बिथोलेको आरोप लगाएका छन् ।

काङ्ग्रेस केन्द्रीय पदाधिकारीको आज बसेको बैठकले प्रदेश प्रमुख बर्खास्त गर्ने निर्णयलाई अतार्किक भनेको छ । सरकारको ध्यान मुलुकको आर्थिक समृद्धितर्फ हुनुपर्नेमा सङ्घीयता कार्यान्वयनसम्बन्धी अनेक कार्यभार बाँकी छँदाछँदै यो विषयमा प्रवेश गर्नु अत्यन्त गलत भएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

“सरकारको यो निर्णय राजनीतिक दृष्टिले समेत पूर्वाग्रहपूर्ण छ । आगामी मङ्सिर १४ गते हुन लागेको उपनिर्वाचनको समयमै प्रदेश प्रमुखहरुको बर्खास्ती हुनु निर्वाचनलाई प्रभावित पार्ने षडयन्त्रका रुपमा आएको र नैतिक दृष्टिले निर्वाचन आचारसंहिता विपरीत समेत रहेको बैठकले ठहर गरेको छ”, विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : १९ कार्तिक २०७६, मंगलबार ००:००