२० कार्तिक २०८१, मंगलबार । November 5, 2024

मुख्य खबर

सरकारले सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई पदबाट हटायो



सरकारले सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेको छ । प्रदेश प्रमुख हटाउने मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखरुरुलाई पदमुक्त गरेकी हुन् ।

मन्त्रिपरिष्दको आइतबार दिउँसो बसेको बैठकले प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्न सिफारिस गरिएको थियो । संविधानको धारा १६५ को उपधारा १ को खण्ड अनुसार प्रदेश प्रमुख प्रदेश प्रमुखहरुलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।प्रदेश १ का प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङ, २ का रत्नेश्वरलाल कायश्थ, ३ की अनुराधा कोइराला, गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवर, प्रदेश ५ का उमाकान्त झा, कर्णाली प्रदेशका दुर्गाकेशर खनाल र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्ल पदमुक्त भएका छन् ।तत्कालीन शेरबहादुर देउवा नेतृत्वको चुनावी सरकारले २०७४ माघ ३ गते प्रदेश प्रमुखहरु नियुक्त गरेको थियो ।

चुनावलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ असोज २० मा चुनावी आचार संहिता जारी भइसकेपछि देउवा सरकारले गरेका राजनीतिक नियुक्ति बदर गर्ने निर्णयसमेत गरेको थियो ।त्यसबेला नै प्रदेश प्रमुखहरुको पद के हुने भन्ने बहस भएको थियो । तर सरकारले यसबारे थप निर्णय गर्न नपाउँदै सर्वोच्च अदालतले मन्त्रिपरिषदको निर्णय अमान्य उल्ट्याइदिएपछि सरकार रोकिएको थियो । कांगे्रसले भने सरकारको यो अप्रत्याशित निर्णयको कडा विरोध गरेको छ । उ पपनिर्वाचनको आचारसंहिता लागु भएको अवश्थामा प्रदेश प्रमुख हटाउनु आफैमा अलोकतान्त्रिक भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए । यो निर्णयविरुद्ध सोमबारदेखि देशभर विरोध जुलुस निकाल्ने शर्माले चेतावनी दिएका छन् ।

प्रकाशित : १७ कार्तिक २०७६, आइतबार ००:००