२६ माघ २०८१, शनिबार । February 8, 2025

समाचार

छठ पर्वको पूर्व सन्ध्यामा मठ मन्दिर र तालतलैयाको सरसफाई



छठपर्व र नेपाल भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा आज संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराई र प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतको अगुवाइमा जनकपुरका मठ, मन्दिर र तालतलैयामा सरसफाइको अभियान शुरु भएको छ ।

छठपर्व र नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धनका क्रममा आज केन्द्र र प्रदेश सरकारको आयोजनामा जनकपुरमा सर्वपक्षीय सहभागितामा चियापान कार्यक्रम राखिएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईँले जानकारी दिनुभयो । यस प्रकारको कार्यक्रम पहिलोपटक आयोजना गरिएको हो ।

प्रकाशित : १४ कार्तिक २०७६, बिहिबार ००:००