१४ कार्तिक २०८१, बुधबार । October 31, 2024

Uncategorized

प्रधानमन्त्री ओली ग्राण्डी अस्पताल भर्ना



कात्तिक १३, २०७६ मंगलबार बिहान स्वास्थ्यमा समस्या भएपछि प्रम ओलीलाई धापासीस्थित ग्राण्डी अस्पतालमा लगिएको छ । अन्य समयमा अस्वस्थ हुँदा तथा नियमित चेकजाँचका लागि प्रमलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लाने गरिएको थियो। स्रोतका अनुसार प्रधानमन्त्रीलाई सरकारी निवास बालुवाटारबाट नियमित चेकजाँचका लागि ग्रान्डी लगिएको हो। यसअघि प्रधानमन्त्री ओलीले सिंगापुरमा प्लाज्मा फेरोसिस गरेर फर्किएका थिए। उनको सिंगापुरमा ६ पटकसम्म प्लाज्मा फेरोसिस गरिएको थियो। सिंगापुरमा प्लाज्मा फेरोसिस गरेर ओलीको शरीरमा जम्मा भएको एन्टी बडी नष्ट गरिएको थियो। ओली सिंगापुरमा दुई हप्ता लामो उपचारपछि पछिल्लो पटक गत भदौ २० गते काठमाडौं फर्किएका थिए। त्यसपछि ओलीले सिंगापुरमा उपचारका क्रममा मुटुमा राखिएको पाइप महाराजगञ्‍जस्थित शिक्षण अस्पतालमा पुगेर झिकेका थिए। उनको नेपालमा पनि नियमित चेक चलिरहेको छ। दशैंका बेला पनि ओली ग्रान्डी अस्पताल गएका थिए। सिंगापुरबाट फर्किएपछि सैनिक अस्पताल छाउनीमा ओलीको मिर्गौलाको एक पटक बायोस्पी गरिएको स्रोतले जनाएको छ।

प्रकाशित : १३ कार्तिक २०७६, बुधबार ००:००