मोरङमा दुई महीनायता सवारीसाधन दुर्घटनामा परेर १३ जनाको मृत्यु भएको छ । चालू आर्थिक वर्षको साउन र भदौमा ५८ सवारीसाधन दुर्घटना भएका थिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार दुई महीनाको अवधिमा नौ हजार ३३ सवारीसाधनका चालकलाई कारवाही गरिएको छ । कारवाहीमा पर्नेमा बस, कार, ट्र्याक्टर, सिटी सफारी, मोटरसाइकललगायत साधनका चालक रहेका छन् । नियम विपरीत सवारीसाधन चलाउने चालकलाई कारवाही गर्ने क्रममा उनीहरुबाट रु ५३ लाख १० हजार राजश्व सङ्कलन गरिएको छ । घटनाको प्रकृति हेरेर चालकबाट रु पाँच सयदेखि रु एक हजार ५०० सम्म जरिवाना असुल गरिएको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया