’
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले परम्परागत सेवा प्रवाहले जनआकाङ्क्षा पूरा गर्न नसक्ने बताउनुभएको छ । निजामती सेवा दिवसका अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले समयको परिवर्तनलाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने बताए ।
परिवर्तित संरचनाअनुसार देश तीन तहमा संरचित भएको र कर्मचारीको कार्यशैली पनि सोहीरुपमा परिवर्तन हुनुपर्नेमा उहाँले जोड दिएका छन् । स सरकारले कर्मचारीलाई खटाउँदा जिम्मेवारी बोध गराउन नसक्नु गल्ती भएको बताउँदै उहाँले केन्द्रिकृत व्यवस्थालाई परिवर्तन हुँदै देश सङ्घीयतामा गए पनि त्यसअनुरुप कर्मचारीलाई प्रशिक्षित नगर्दा सेवा प्रवाहमा असर परिरहेको बताएका छन् ।
प्रदेश लोकसेवा आयोग विधियेक पारित भइसकेकाले अब आफ्नो मातहतका कर्मचारी, यसको सेवा सुविधा र कामको संरचनामा केही नयाँपन आउने बताएका हुन् । राज्यको नीति, योजना र कानूनको सफल कार्यान्वयन गराउन राजनीतिक नेतृत्वसँगै कर्मचारीको महत्वपूर्ण भूमिका हुने उहाँको धारणा छ ।
प्रतिक्रिया