२५ माघ २०८१, शुक्रबार । February 7, 2025

समाचार

‘संयुक्त राजनीतिक दलित संघर्ष समितिद्धारा अठार बुँदे साझा सहमति’ सहित आन्दोलनका कार्यक्रम सार्वजनिक



संयुक्त राजनीतिक दलित संघर्ष समिति,नेपाल आज पत्र सम्मेलन आयोजना गरी जातिय विभेद विरुद्ध सात राजनीतिक दल निकट दलित समुदायले संयुक्त रुपमा आन्दोलनको घोषणा गरेका छन् । आज काठमाण्डौंको अनामनगरस्थित सम्वाद डबलीमा पत्रकार सम्मेलन आयोजना गरि आन्दोलनको घोषणा सार्वजनिक गरेका हुन् । ‘संयुक्त राजनीतिक दलित संघर्ष समिति, नेपालको अठार बुँदे साझा सहमति’ का सहित छुवाछुत तथा जात व्यवस्थाले निर्माण गरेका विभेदहरु आधारभुत रुपमै नघटेर अरु दलित लगायत दलित महिलामाथिको चरम हिंसा कायम रहँदै दलित भित्रको पनि मधेसी दलितको आर्थिक, राजनीतिक र सांस्कृतिक जीवन यथावत रहेको जात व्यवस्था उन्मुनल मोर्चा,नेपालका संयोजक राजकुमार हिङमाङले बताएका छन् । ‘प्राप्त थोरै अधिकार पनि खोसिदै जान थालेको छ , यसर्थ नेपाली राजनीतिक दलित संगठनहरुले साझा सहमतीका आधारमा विकसीत भएको आजको परिस्थितिमा दलित आन्दोलनलाई संसद, सरकार र सडकबाट सशक्त र घनिभूत पारेर मात्र दलित अधिकारलाई नयाँ उचाईमा पु¥याउन नयाँ दलित संघसंगठनको एकता अपरिहार्य भएको हो । ’ हिङमाङले भने ।

प्रकाशित : २२ भाद्र २०७६, आइतबार ००:००