२५ माघ २०८१, शुक्रबार । February 7, 2025

समाचार

नमेटिने घाउँ नामक पुस्तक लोकार्पण



महान जनयुध्दको घाईते योध्दाहरुको संघर्षका गाथा नमेटिने घाउँ नामक पुस्तक विहिबार प्रज्ञा भवन कमलादीमा गृहमन्त्री राम बहादुर थापा बादलले लोकार्पण गरेका छन् । कार्यक्रममा प्रमुख अतिथि रहनु भएका मन्त्री बादलले घाईते योध्दाहरुले उठाउनु भएको सबै जायज बिषय

सम्बोधन गर्दै जाने प्रतिबद्धतता गरेका छन् ।
कार्यक्रमका अर्का बिशेष अतिथि एवं प्रदेश नं १ का आर्थिक मामिला तथा योजना मन्त्रि मा. इन्द्र आड़बो (मौसम)ले घाईते योध्दाहरुको समस्या समाधान गर्न लागि पर्ने बताएका छन् ।कार्यक्रमा नेकपाका युवा नेता लेखनाथा न्यौपाने १ नम्बर प्रदेश सचिव सुरेशकुमार राई ,राजेन्द्र किराती लगायतको उपसिथति रहेको थियो ।
पुस्तक ज्यादै पठनीय छ र संग्रहरणीय भएको कार्यक्रममा वक्ताहरुले बताएका छन् ।

प्रकाशित : १९ भाद्र २०७६, बिहिबार ००:००