२४ माघ २०८१, बिहिबार । February 6, 2025

समाचार

काङ्ग्रेस एकजुट हुनुको विकल्प छैन : महामन्त्री कोइराला




काठमाण्डौ १४ भदौ । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले काङ्ग्रेसमा गुट–उपगुट मौलाउँदै गएकामा चिन्ता व्यक्त गरेका छन् । नेपाल महिला सङ्घको ७२औँ स्थापना दिवस एवम संस्थापक अध्यक्ष मङ्गलादेवी सिंहको २३औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले काङ्ग्रेस कमजोर बन्दै गएकाले अब एक हुनुको विकल्प नभएको बताए।

महामन्त्री कोइरालाले लोकतन्त्रलाई समाप्त गरेर एकदलीय शासन चलाउने अभ्यासमा सरकार अगाडि बढेको आरोप लगाए । उनले सरकारलाई सच्चिन आग्रह गरे ।

“सरकारले भ्रष्टाचारीलाई संरक्षण गरेको छ, देशमा हत्या, हिंसा, बलात्कारका घटनामा वृद्धि हुनु दुःखद् छ”, उनले भने । उनले अब काङ्ग्रेस चुप लागेर नबस्ने चेतावनी समेत दिए।

प्रकाशित : १४ भाद्र २०७६, शनिबार ००:००