![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/08/yayokka-1-1024x498.jpg?resize=720%2C350)
काठमाडौ । आगोमा परेर दुबै हातका औलाहरु गुमाएका खोटाङ कोपिलासगढीका पाँछ महिनाको वालक प्रवीण राईको उपचारको लागि यायोक्खा मलेसियाले आर्थिक सहयोग प्रदान गरेको छ । प्रविण केपिलासगढी- ४ बाक्सिला खोटाङका असारमान राई र निर्मला राइको नवौं सन्तान (६ भाइ ३ बहिनी) मध्ये कान्छो सन्तान हुन ।
अर्को ६ बर्षिय छोरालाई हेर्न लगाइ बाबुआमा मेलामा कोक्रो पल्टिएर अगेनामा परि घाइते वालको दुबै हातको औलाहरु काम नलाग्ने गरि जलेको छ । आर्थिक अवस्था कमजोर वालकको थप उपचारको लागि यायोक्खा खोटाङ, तरुण दल लगायतले सहयोग संकलन गरि खोटाङबाट थप उपचारको लागि काठमाडौमा ल्याएका थिए ।
![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/08/balik.jpg?resize=464%2C960)
मलेसियामा संकलन भएको ५० हजार १०५ रुपैया रकम यायोक्खा मलेसियाका सदस्य रबिन राईले घाइते प्रबिणको आमा निर्मला राई र काका प्रकाश राइलाई यायोक्खा केन्द्रीय कार्यालयबाट आज (भाद्र १३) हस्तान्तरण गरेको हो । सहयोग हस्तान्तरण कार्यक्रममा यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राई , महासचिव जनक राई र कावा कोषाध्यक्ष परशुराम राइ, किराया दुबाईका कोषाध्यक्ष सरुसितल राई, यायोक्खा भक्तपुरका अध्यक्ष भिमबहादुर राई लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया