![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/05/rape-child.jpg?resize=710%2C410)
काठमाडौं, भदौ १२ । प्रहरीले सामुहिक बलात्कारमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका १ का २३ वर्षीय रबिन श्रेष्ठ र धादिङ ज्वालामुखी गाउँपालिकाका ३० वर्षीय मदन थापामगर रहेका छन्
दैलेख घर भएकी १७ बर्षीया किशोरीलाई कलंकीस्थित पशुपति गेस्टहाउसमा लगेर जबरजस्ती करणी गरेको अभियोग छ। दुवैमाथि अनुसन्धान थालिएको कालिकाटी बृत्तका प्रहरी नायब उपरीक्षक रुगम कुँवरले बताए।
तिनै किशोरीलाई बलात्कार गरेको अभियोगमा थानकोट प्रहरीले थप एक जनालाई नियन्त्रणमा लिइएको छ भने अर्का एक फरार छन् ।
प्रतिक्रिया