काठमाण्डौ ९, भदौ । नेपाल चीन हिमालय मैत्री समाजको सम्पन्न नवौँ साधारणसभाले वसन्त नेम्वाङको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा गणेश ठगुन्ना, महासचिवमा राजेन्द्र गौतम, सचिवमा रिनन पोखरेल र कोषाध्यक्षमा संघष विष्ट सर्वसम्मत चयन भएका छन् । यसैगरी समाजका सदस्यहरुमा शेरबहादुर तामाङ, कविता बोगटी, भरत केसी, ऐन महर, रमेश पौडेल, छवाङ लामा, हरि उप्रेती, चन्द्र गौतम, गजेन्द्र थपलिया, उर्मिला थेवे, लकबहादुर शाकी, हेमकुमार राई र दिनेश पौडेल रहेका छन्।
समाजको संरक्षकमा निर्वतमान अध्यक्ष आनन्दप्रसाद पोखरेल, सल्लाहकारहरुमा अग्नि सापकोटा, डम्बरध्वज तुम्वाहाम्फे, भैरवबहादुर सिंह, लालबहादुर थापा, खेम लोहनी, जनार्दन ढकाल, कालिका पाठक र डिल्ली आचार्य रहेका छन् । यसअघि संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले साधारणसभाको उद्घाटन गर्दै छिमेकी मुलुक चीन र भारत नेपालको पर्यटनको प्रमुख स्रोत भएकाले नेपाल भ्रमण वर्ष–२०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई सफल पार्न सबैमा आग्रह गरे ।
निर्वतमान अध्यक्ष तथा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले नेपाल–चीनबीचको सम्बन्धलाई थप सुमधुर बनाउँदै समाजले चीनसँग सिमाना जोडिएको जिल्लाको विकासमा निरन्तर काम गर्दै आएको र आगामी दिनमा पनि गर्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया