२६ आश्विन २०८१, शनिबार । October 12, 2024

समाचार

इटहरीका मेयर चौधरी पूनः एक्सनमा



                   

इटहरी ।  इटहरी उपमहानगरले सडक क्षेत्राधिकारभित्र रहेको अस्थायी संरचना र राखिएका समाग्रीहरु हटाउने भएको छ । सडक शुसासन कायम गर्न पूर्व पश्चिम सडकको लविपूर चौक देखि रामधुनी नगरपालिकाको सिमासम्म सडकको दायाँ वाँया साढे वयासी फिट सफा गर्न लागिएको हो । एक सातासम्म हटाउन अनुरोध गर्ने र नहटाएमा उपहानगरले आफै हटाउने नगरप्रमुख द्धारिकलाल चौधरीले वताए । सडक शुसासन अभियान सुरु गर्नु अघि उपमहानगरले आज सम्वन्धित विपयगत कार्यालय र सवै सरोकारवाला पक्षसँग छलफल गरेको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव भरतमणि रिजाल समेतको उपस्थितिमा छलफल भएको हो । कार्यक्रममा सडकडिभिजन कार्यालय, टेलिकम, विद्युत, यातायात, उद्योगवाणिज्य संघ,जनप्रतिनिधिहरु लगायतको सहभागिता थियो । कार्यक्रममा नगरप्रमुख द्धारिकलाल चौधरीले सडक शुसासन अभियानमा सहयोग गर्न सवै पक्ष सँग आग्रह गरे ।  सडकको अधिकार क्षेत्र साढे वयासी फुट भित्र रहेका संरचना हटाउन उनले आग्रह गरे । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव भरतमणि रिजालले समेत सडक शुसासन प्रदेश सरकारको पनि एउटा मुख्य अभियान रहेको वताए । मेयर चौधरीले सडक क्षेत्राधिकार भित्र केहि पनि सामान नराख्ने वातावरण वनाउन उद्योग वाणिज्य संघसँग समेत आग्रह गरे । सातदिनभित्रमा सडक क्षेत्राधिकारभित्र रहेका टेलिकमका सवै पोल हटाउन मेयर चौधरीले टेलिकम सँग आग्रह गरे । यदि नहटाए उपमहानगरले आफै हटाउने उहाँको चेतावनी छ । विद्युत प्राधिकरणका प्रतिनिधिले भने विद्युतका पोल हटाउन विद्युत प्राधिकरणले सहयोग गर्ने तर त्यसवापत लाग्ने शुल्क स्थानीय तहलेनै ब्यहोर्नु पर्ने जानकारी दिनुभयो । इटहरी उपमहानगरले गत साल भदौमा एक हप्ता लगाएर वुढिखोला देखि पचरुखी सम्म सडक क्षेत्राधिकार क्लियर गरेको थियो ।

प्रकाशित : ८ भाद्र २०७६, आइतबार ००:००