२५ माघ २०८१, शुक्रबार । February 7, 2025

मुख्य खबर

क्षत्रीलाई समानुपातिक समावेशी आरक्षण माग



क्षत्री समाज राष्ट्रिय महासङ्घले नेपालमा सबैभन्दा धेरै सङ्ख्यामा रहेको क्षत्रीलाई पनि जनसङ्ख्याको आधारमा राज्यको सबै क्षेत्रमा समानुपातिक समावेशी आरक्षण माग गरेको छ । महासङ्घको १८औँ साधरणसभाका अवसरमा आयोजित कार्यक्रमका वक्ताले जातीयभन्दा वर्गीय आधारमा आरक्षणको व्यवस्था हुनुपर्ने विचार राखेका थिए । उनले जातीय आधारमै आरक्षणको प्रावधान राखिरहने हो भने पिछडिएका क्षत्रीलाई पनि सो अवसरबाट वञ्चित गर्न नहुने बताए । प्रा डा सुरेन्द्र केसीले राष्ट्रिय हितका लागि प्रत्येक नागरिक त्याग गर्न तयार हुनुपर्ने बताएका छन् । सबैले आफ्नो राष्ट्र भन्ने कुरामा गर्व गर्न सके मात्र राष्ट्रियता बलियो हुने उनको भनाई थियो । महासङ्घका अध्यक्ष विष्णु खड्काले राष्ट्रिय सहिष्णुताका लागि पनि महासङ्घले काम गर्दै आएको सो अवसरमा जानकारी दिए । महासङ्घका महासचिव बहादुरसिंह विष्टले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो महासङ्घका वरिष्ठ सल्लाहकार कुमार कार्कीले नेपालको इतिहास, धर्म, संस्कृति एवं परम्पराको संरक्षण हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा आकर्षणको रूपमा कर्णाली प्रदेशको खस सांस्कृतिक गीतसमेत प्रस्तुत गरेका थिए ।

प्रकाशित : ८ भाद्र २०७६, आइतबार ००:००