![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/07/kp-1024x661.jpg?resize=720%2C465)
काठमाडौं, ८ भदौ। सिंगापुरमा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य उपचार सुरु भएको छ । शुक्रबारबाट उपचार प्रारम्भ गरिएको र अवस्था सामान्य रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
ओलीको मिर्गौलामा एन्टीबडीको मात्रा बढेको र त्यसलाई कम गर्न प्लाज्मा फेरेसिस् उपचार पद्दति अपनाएको जनाइएको छ ।
मिगौला रोगबाट पीडित प्रधानमन्त्री ओली केहि समय अघि मात्र सिंगापुरमै उपचार गरेर स्वदेश फर्किएका थिए । पुन स्वास्थ्य समस्या देखिएपछि चिकित्सकको सल्लाहमा थप उपचारका लागि विहिबार सिंगापुर गएका हुन । उनको नेसनल युनिभर्सिटी हस्पिटलमा उपचार भइरहेको छ । उनको स्वास्थ्य उपचार गर्न कम्तिमा एक हप्ता लाग्ने जनाइएको छ ।
प्रतिक्रिया