![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2017/02/Tiger.jpg?resize=580%2C325)
बर्दियाको ठाकुरबाबा नगरपालिकाका एक वृद्धको पाटेबाघको आक्रमणबाट मृत्यु भएको छ । आज बिहान ७ ः३० बजे ठाकुरबाबा नगरपालिकाका–१ भुरीगाँउ बस्ने ७० वर्षीय पहाडिया थारूको मृत्यु भएको हो । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको पाटेबाघको आक्रमणबाट घरबाट नजिकै रहेको बङ्गुरलाई दाना हाल्दै गर्दा एक्कासी बाघले आक्रमण गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बङ्गुरलाई दाना हाल्दै गर्दाको समयमा थारूलाई एक्कासी पाटेबाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले बताउनुभयो । थारुको घटनास्थलमै मृत्यु भएको थियो । बर्दियामा केही दिनयता बाघ बढेसँगै वन तथा निकुञ्जबाट बाहिर निस्केर आक्रमण गर्ने क्रम बढेको स्थानीय बासिन्दाको गुनासो छ ।
प्रतिक्रिया