२ कार्तिक २०८१, शुक्रबार । October 19, 2024

तस्बिर

स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान



काठमाडौं,५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि आज सिंगापुर प्रस्थान गरेका छन् ।
आज अपरान्ह १.३० बजे थाई एयरबाट धर्मपत्नी राधिका शाक्यलगायतका सहयोगी, निजी चिकित्सक र सुरक्षाकर्मीका साथ सिंगापुरका लागि प्रस्थान गरेका हुन
अघिल्लो पटक २०७६ साउन १८ गतेदेखि २७ गतेसम्म सिंगापुरको न्यासनल युनिभर्सिटी अस्पताल (एसएनयू) मा उनको स्वास्थ्य परीक्षण गरिएको थियो ।
प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा.दिव्या सिंहले एक विज्ञप्ती जारी गरेर जनाए अनुसार अनुसार अघिल्लो पटकको स्वास्थ्य परीक्षणमा प्रधानमन्त्री ओलीको शरीरमा मृगौलासम्बन्धी एण्टीबडीको मात्रा केही बढी देखिएको थियो । “एण्टीबडीलाई शरीरबाट निस्कासन गरी निराकरण गर्ने उपचार बिधिलाई निरन्तरता दिन उहाँ फेरि त्यसतर्फ जान लाग्नु भएको हो ” डा.सिंहले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । सिंगापुरमा रहँदा न्यासनल युनिभर्सिटी अस्पतालमै नेपाली चिकित्सकका साथमा त्यहाँका विज्ञहरुको टोलीले उहाँको मिर्गौलाको थप परिक्षण र क्षमता अभिवृद्धिका लागि आवश्यक उपचार समेत गर्ने विज्ञप्तीमा जनाइएको छ ।
सिंगापुरमा प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाको उल्लेखनीय जानकारी भएमा सञ्चार माध्यमलाई जानकारी गराउने डा.सिंहले बताए ।“प्रधानमन्त्रीको स्वास्थ्यका सम्बन्धमा नयाँ र उल्लेखनीय जानकारी प्राप्त भएमा हामी मिडियामार्फत आमनेपाली दिदीवहिनी तथा दाजुभाइहरुलाई अवगत गराउने नै छौं ” डा सिंहले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
चिकित्सकको सल्लाह बमोजिम प्रधानमन्त्री ओली स्वदेश फर्कने मिति तय गरिनेछ ।

प्रकाशित : ५ भाद्र २०७६, बिहिबार ००:००