२५ माघ २०८१, शुक्रबार । February 7, 2025

मुख्य खबर

ओलीको अनुपस्थितिमा पार्टीको बैठक बोलाउने अधिकार अर्का अध्यक्ष प्रचण्डलाई



काठमाडौं ५ भदौ । नेकपा अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा पार्टीको बैठक बोलाउने र अध्यक्षता अर्का अध्यक्ष प्रचण्डले गर्ने सहमति भएको छ ।
ओली उपचारका लागि सिंगापुर जानुअघि बसेको नेकपा सचिवालय बैठकमा ओलीको अनुपस्थितिमा प्रचण्डले अध्यक्षता गर्ने सहमति भएको हो ।
ओली र प्रचण्ड दुवै अध्यक्ष भएपनि बैठक बोलाउने र बैठकको अध्यक्षता ओलीले गर्दै आएका थिए ।
नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओली उपचारका लागि आज सिंगापुर जादै छन् । सिंगापुरमै स्वास्थ्य परीक्षण गराएर गत साउन २७ गते फर्किएका प्रधानमन्त्री ओली १० दिनपछि फेरि फलोअपका लागि त्यसतर्फ जान लागेका हुन् । उनी कम्तिमा एक साता सिंगापुरमा रहने छन् ।

प्रकाशित : ५ भाद्र २०७६, बिहिबार ००:००