![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/05/death.jpg?resize=720%2C480)
बनेपा, ५ भदौ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–१० स्थित इन्द्रावती नदीले बगाउँदा एक जना बेपत्ता भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बेपत्ता हुनेमा सर्लाही गडैता नगरपालिका–११ माधवपुरका २५ वर्षीय राधेश्याम राउत रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । गर्मी भएको भन्दै नदीमा नुहाउन जाने क्रममा राउत बुधबार साँझ बेपत्ता भएको र उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया