२४ माघ २०८१, बिहिबार । February 7, 2025

समाचार

सिनास क्याम्पसमा फहरायो राष्ट्रिय झण्डा




काठमाडौं, ४ भदौ । काठमाडौंको कोटेश्वरमा अवस्थित कलेज अफ नेश्नल एकेडेमिक स्क्वायर (सिनास) मा राष्ट्रिय झण्डा झण्डोत्तोरण गरिएको छ ।

मंगलबार कलेज प्राङ्गणमा आयोजित एक कार्यक्रमबीच शिक्षकहरुको विशेष उपस्थितीमा चन्द्र सूर्य अंकित राष्ट्रिय झण्डा र क्याम्पसको लोगो अंकित झण्डा बिभिन्न शंकाय अन्तर्गका कक्षा ११ र १२का विद्यार्थीहरुले संयुक्त रुपमा झण्डोत्तोरण गरेका हुन् । झण्डोत्तोरणपछि राष्ट्रिय गान गाएर राष्ट्रप्रति सम्मान प्रकट समेत गरिएको थियो ।

विद्यार्थीहरुलाई राष्ट्रिय झण्डा र राष्ट्रप्रतिको गरिमा जागृत गराउने अभिप्रायले कलेज परिसरमा झण्डोत्तरण गरिएको क्याम्पसका निर्देशक मनकाजी श्रेष्ठले बताए । यसले विद्यार्थीहरुमा अनुशासनको पाठ सिकाउने प्रिन्सिपल प्रविण पुमाको विश्वास छ ।

त्यस अवसरमा क्याम्पस व्यवस्थापन समिति, संस्थापक सदस्य, प्रशासनीक सदस्यहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित : ४ भाद्र २०७६, बुधबार ००:००