![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/07/image-19.png?resize=593%2C396)
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सीमावर्ती क्षेत्रमा भारतद्वारा निर्मित बाँधले उत्पन्न हुँदै आएको समस्या समाधानका लागि भारतसँग दरो किसिमले संवाद गर्नु जरुरी रहेको बताएका हुन् ।
जिल्ला विपद् व्यवस्थापन समितिद्वारा ्आयोजित छलफलमा प्रचण्डले बाँधका कारण उत्पन्न समस्या समाधानका लागि दुवै देश मिलेर जनताको हितमा कार्य गर्नु आवश्यक रहेको बताएका हुन् । बाँध निर्माणले बर्सेनी उत्पन्न समस्या समधानका लागि दुवै देशले सहकार्य र समझदारी हुन जरुरी रहेको बतााएका हुन् ।
प्रचण्डले विपद् आएपछि मात्र उद्धार, राहत र तत्कालीन व्यवस्थाको चक्रव्यूहबाट पार पाउन विपद्को चुरो पहिल्याई दीर्घकालीन समाधानका उपाय अवलम्बन गर्नु जोड दिएका हुन् ।
प्रतिक्रिया