२ कार्तिक २०८१, शुक्रबार । October 19, 2024

समाचार

बालमैत्री वडा घोषणा



इटहरीको १८ नम्वर वडालाई वालमैत्री वडा घोषणा गरिएको छ । कृषी तथा पशुपंक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले एक समारोहका बीच वालमैत्री वडा घोषणा गरे । वडा नम्वर १८ वालमैत्री वडा घोषणा हुने इटहरीकै पहिलो वडा हो । घोषणा कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री चौधरीले वालवालिकालाई अघि वढाउन नसके समाज अघि वढन नसक्ने बताए । १८ नम्वर वडा इटहरीकै पहिलो वालमैत्री वडा भएकोमा उहाँले वधाई ज्ञापन गरे । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले वडा नम्वर १८ वाट सुरु भएको वालमैत्री घोषणा अभियानलाई सवै वडामा पुरयाएर वालमैत्री उपमहानगर घोषणा गरिने वताए । सामाजिक विकास तथा स्वास्थ्यमहाशाखा प्रमुख भोजकला दवाडीले वालवालिकाका लागि गरिएको लगानीले सुनौलो विहानी ल्याउने वताए । वडानम्वर १८ का वडाध्यक्ष रामकुमार चौधरीले ३९ वटा सूचक पूरा गरेर वालमैत्री वडा घोषणा गरिएको जानकारी दिनुभयो । घोषणा गरेर मात्र नभई कार्यावन्यनका लागि लागि पर्ने उहाँको प्रतिवद्धता छ ।

प्रकाशित : ३ भाद्र २०७६, मंगलबार ००:००